बुटवल : कंक्रिटका घरहरूले भरिएको व्यस्त सहर गुल्मी सदरमुकाम तम्घासको एउटा कुनामा माटोले बनाएको घर पोत्दै थिए, नेत्र ढेंगा। इस्मा गाउँपालिका–२, गुल्मी ताल्तुङका ५६ वर्षीय ढेंगा वर्षौंदेखि तम्घासमा कोठा भाडामा बस्दै आएका छन्। यसपालि उनको दसैंको टीका छैन। तर, आफू वर्षौंदेखि भाडामा बस्दै आएको घरलाई पोतेर चिटिक्क पार्दै थिए ढेंगा र उनकी श्रीमती माया ढेंगा। ताल्तुङमा रहेको गाउँको घरलाई पनि ढेंगा दम्पतीले पुस्तौंदेखि दसैंका बेला पोतेर चिटिक्क पार्दै आएका छन्।‘वर्षौंअघिदेखि गाउँको घरला