आज बडादसैंको सातौं दिन: घरघरमा फूलपाती भित्र्याइँदै

  • शनिबार १ कात्िक २०८३ ०७:०० AM
काठमाडौं : बडादसैंको सातौं दिन आज घरघरमा हर्षोल्लासका साथ फूलपाती भित्र्याइँदै छ। शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष गरी नौ प्रकारका सामग्री (नवपत्रिका) विधिपूर्वक दसैं घरमा भित्र्याउने परम्परा छ।यसै अवसरमा गोरखा दरबारबाट ल्याइएको फूलपाती हनुमानढोकाको दसैं घरमा बाजागाजासहित भित्र्याउने परम्परा छ। राज्य एकीकरण अभियानमा पृथ्वीनारायण शाहले काठमाडौँमाथि विजय प्राप्त गरेपछि गोरखा दरबारको फूलपाती हनुमानढोका ल्