काठमाडौं । ओमानमा जारी आईसीसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । अल अमरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार आज बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपाल र क्यानडा दुवैका लागि यो खेल अंक तालिकामा आफ्नो स्थिति बलियो बनाउने अवसर हो । क्यानडा शीर्ष ६ मा पर्ने सम्भावना कायम राख्न