काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टारलिङ्कको सैन्य प्रयोजनका लागि विकसित भगिनी नेटवर्क स्टारशिल्डमा युक्रेनको पहुँच सीमित गर्ने निर्णय आफूले नगरेको बताएका छन् । नेटवर्कमा गति सीमा लागू हुँदा युक्रेनी ड्रोनको सञ्चालनमा असर परेको र रुसी आक्रमणविरुद्ध प्रतिरक्षा गर्न कठिन भएको बताइएको छ ।बिबिसिमा उल्लेख भए अनुसार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नेटवर्कको गति अझै पूर्ण रूपमा पुनःस्थापित नभएको बताएपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘यो मैले गरेको होइन र ए