झापामा चाडपर्व सुरक्षा योजना : भीडभाडमा ड्रोनबाट निगरानी, २ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

  • शनिबार १ कात्िक २०८३ ०२:०० AM
झापा : चाडपर्वका बेला हुने भीडभाड तथा सम्भावित आपराधिक गतिविधिको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग गरिने भएको छ । जिल्ला सुरक्षा समितिले चाडपर्व लक्षित एकीकृत सुरक्षा योजना सार्वजनिक गर्दै सुरक्षा संवेदनशीलताका आधारमा मेला, महोत्सव तथा धार्मिक र सांस्कृतिक स्थलमा ड्रोनबाट निगरानी गर्ने जनाएको हो ।योजनाअनुसार जिल्लाभर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी २ हजार १२७ सुरक्षाकर्मी परिचालन गरिनेछ । नेपाल प्रहरीका १ हजार १९२ र सशस्त्र प्रहरी बलका ९३५ सुरक्षाकर्मी खटाइने प्रमुख जिल्ला अधिकारी