नवरात्रिमा लायन्स क्लब नवदीप एकेडेमीद्वारा दुर्गा पूजा तथा प्रसाद वितरण

  • शुक्रबार​ ३० असो २०८३ ०५:०९ PM
वीरगंज – नवरात्रिको पावन अवसरमा लायन्स क्लब अफ नवदीप एकेडेमीको आयोजनामा दुर्गा माताको पूजा–आराधना, सन्ध्या आरती तथा प्रसाद वितरण कार्यक्रम सम्पन्न भएको छ। धार्मिक आस्था, श्रद्धा र सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। नवरात्रिको षष्ठी तिथिका अवसरमा वीरगंजस्थित बीपीसी कलेज नजिकै रहेको दुर्गा माताको मन्दिरमा आयोजित कार्यक्रममा विधिपूर्वक पूजा–आराधना गर्नुका साथै सन्ध्या आरती गरिएको थियो। आरतीमा सहभागी भक्तजनहरूले श्रद्धापूर्वक माता दुर्गाको आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि तथा समाजको कल्याणको कामना गरेका थिए। पूजापछि उपस्थित भक्तजनलाई प्रसाद वितरणसमेत गरिएको थियो। लायन्स क्लब अफ नवदीप एकेडेमीकी अध्यक्ष लायन सुशिला साहको अध्यक्षतामा ... The post नवरात्रिमा लायन्स क्लब नवदीप एकेडेमीद्वारा दुर्गा पूजा तथा प्रसाद वितरण appeared first on Kalika Khabar.