देशको अवस्थाप्रति पूर्वराजा ज्ञानेन्द्रको चिन्ता, राष्ट्रिय एकता र सुशासनमा जोड

  • शुक्रबार​ ३० असो २०८३ ०४:२५ PM
पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमी २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देशमा पूर्व राजा शाहले प्राकृतिक विपद्‌का कारण सर्वसाधारणले भोग्नुपरेको पीडा, देशको वर्तमान राजनीतिक अस्थिरता तथा खस्कँदो आर्थिक-सामाजिक अवस्थाप्रति गम्भीर चिन्ता प्रकट गरेका छन्। भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा आएको भीषण बाढी तथा अविरल वर्षाका कारण ठुलो जनधनको