काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य उपस्थिति देखिएको छ । उपसभापति, महामन्त्रीदेखि केन्द्रीय सदस्यसम्म विभिन्न पदमा डाक्टर, इन्जिनियर, विषय विज्ञ निर्वाचित भएका छन् । कांग्रेसको नयाँ कार्यसमितिमा ३० जना डाक्टर र १५ जना इन्जिनियर निर्वाचित भएका छन् । यसले पार्टीको नेतृत्व तथा निर्णय प्रक्रियामा प्राविधिक, प्राज्ञिक र पेशागत क्षेत्रबाट प्रतिनिधित्व बढेको देखाएको छ । कांग्रेसको विशेष महाधिवेशनपछि विधान संशोधन गर्दै पेशागत क्षेत्रका व्यक्ति तथा विषयविज्ञलाई पार्टीको केन्द्रीय संरचनामा समेट्ने नीति लिइएको थियो । सोहीअनुसार चिकित्सक, विद्यावारिधि गरेका विज्ञ तथा इन्जिनियरहरू निर्वाचन प्रक्रियाबाट केन्द्रीय समितिमा पुगेका हुन् । विषयगत मात्र नभएर खुल्ला प्रतिस्पर्धामा पनि डाक्टर, इन्जिनियरको उल्लेख्य सहभागीता रहेको छ । नयाँ कार्यसमितिमा उपसभापतिमा डा