काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ। १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनले २३१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो। संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय हुनेछ । जसमध्ये २३१ जना निर्वाचित हुने र बाँकी ६६ जनालाई सभापतिले मनोनीत गर्ने व्यवस्था छ । नेपालको संविधान २०७२ ले व्यवस्था गरेबमोजिम विभिन्न क्लष्टर र भुगोलबाट समेत गरी २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको हो। सभापति गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति निर्वाचित भएको हो। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका थिए। खुला उपसभापतिमा चन्द्र भण्डारी र मधु आचार्य निर्वाचित हुँदा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भए । महामन्त्रीमा खुलातर्फबाट प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित भए भने संशोधित विधानमा महिलाबाट एक जना महामन्त्री हुने व्यवस्था गरिएअनुसार डा