दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि सिट निर्धारण, यसै वर्षदेखि पठनपाठन हुने

  • शुक्रबार​ ३० असो २०८३ ०३:४५ PM
सुदूरपश्चिम – कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिकसत्र २०८३/८४ देखि पठनपाठन सुरु हुने भएको छ । चिकित्सा शिक्षा आयोगले पठनपाठनका लागि स्वीकृति दिँदै विभिन्न शैक्षिक कार्यक्रमका लागि सिट संख्या निर्धारण गरेसँगै पठनपाठन सुरु हुन लागेको हो । आयोगले शुक्रबार एक सूचना जारी गरी विश्वविद्यालयका लागि एमबीबीएसमा ५०, बीएस्सी नर्सिङमा २०, बीएस्सी