दशैँमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिने तयारीमा नेपाल विद्युत् प्राधिकरण

  • शुक्रबार​ ३० असो २०८३ ०३:५७ PM
काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणले बडादशैँका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दशैँका समयमा औद्योगिक तथा व्यावसायिक गतिविधि कम हुने भए पनि घरपरिवार, धार्मिक स्थल, बजार तथा सार्वजनिक क्षेत्रमा विद्युत् खपतको प्रकृति फरक हुने भएकाले विद्युत् प्रणालीको सुरक्षित र भरपर्दो