नेपालका लागि भारतको नयाँ राजदूतमा सुधाकर दलेला नियुक्त

  • शुक्रबार​ ३० असो २०८३ ०३:२७ PM
नेपालका लागि भारतीय राजदूतमा सुधाकर दलेला नियुक्त भएका छन्। भारतीय विदेश मन्त्रालयले दलेला नेपालका लागि राजदूत नियुक्त भएको शुक्रबार जनाएको हो। ‘सुधाकर दलेला जो मन्त्रालयमा सचिव हुनुहुन्छ, नेपालका लागि भारतको आगामी राजदूत नियुक्त हुनुभएको छ,’ विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ। उनले चाँडै आफ्नो पदभार ग्रहण गर्ने विदेश मन्त्रालयले जनाएको छ। यसअघि राजदूत रहेका नवीन