नयाँदिल्ली – भारतमा प्रमुख निर्वाचन आयुक्तलाई पदबाट हटाउन माग गर्दै प्रदर्शनको तयारी भइरहेका बेला प्रहरीले शुक्रबार ककरोच जनता पार्टीका नेता अभिजित दिप्केलाई पक्राउ गरेको छ । ३१ वर्षीय दिप्केलाई नयाँदिल्लीको व्यस्त व्यावसायिक क्षेत्र कनट प्लेसस्थित सेन्ट्रल पार्कमा प्रदर्शन सुरु हुनुअघि नियन्त्रणमा लिइएको आन्दोलनकारी समूहले सामाजिक सञ्जालमार्फत जनाएको छ । समूहले राष्ट्रिय झण्डा बोकेर प्रदर्शन गर्न