दशैँ नजिकिँदै गर्दा गाउँ–सहरका घरहरू सफा वा लिपपोत गर्ने र नयाँ रङरूप दिने प्रचलन छ । घटस्थापनाअघि घर सफा गरेर सेतो कमेरो र रातो माटोले भित्ता सजाउने परम्पराले नेपाली गाउँघरमा दशैँ आएको सङ्केत दिन्थ्यो। घरको माथिल्लो भागमा सेतो कमेरो र तल्लो भागमा रातो माटो लगाउँदा परम्परागत ढुङ्गा र माटोका घरहरू आकर्षक देखिन्थे। तर पछिल्लो समय