नेपाल निर्माण व्यवसायी महासंघको आर्थिक सहयोगमा नुवाकोटमा बनेको झोलुङ्गे पुलको महासंघका अध्यक्ष निकोलस पाण्डेबाट उद्घाटन, पुल सञ्चालनमा आएपछि दैनिक हजारौं लाभान्वित

  • शुक्रबार​ ३० असो २०८३ ०७:०१ PM
असोज १०, नुवाकोटको ढुंगेबजारदेखि महत्वपूर्ण व्यापारिक केन्द्र त्रिशुली बजार जोड्ने झोलुङ्गे पुल आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । नेपाल निर्माण व्यवसायी महासंघको आर्थिक सहयोगमा निर्मित पुलको शुक्रवार विहान महासंघका अध्यक्ष निकोलस पाण्डेले उद्घाटन गर्नुभयो । पुल उद्घाटन पछिको कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष पाण्डेले करीब एक महिनामै २ सय ६७ मिटर लामो पुल तयार गरी निर्माण व्यवसायीहरूले उदाहरणीय कार्य गरेको बताउनुभयो । भदौ १० को भोटेकोशीको बाढीपछि नुवाकोट जिल्लाका निर्माण व्यवसायीहरूले आफन्त गुमाउँदाको ठूलो पीडालाई समेत शक्तिमा बदली अत्यन्त छोटो अवधिमै पुल निर्माण गरेका कारण दैनिक हजारौं स्थानीय लाभान्वित भएको जानकारी अध्यक्ष पाण्डेले दिनुभयो । ‘यो पुल निर्माणपछि निर्माण व्यवसायीहरूले समयमै गुणस्तरीय कार्य गर्न सक्दैनन् भन्ने कुराको खण्डन भएको छ’ उद्घाटन समारोहमा अध्यक्ष पाण्डेले बताउनुभयो । उहाँले पुल निर्माणमा संलग्न प्राविधिक तथा मजदुर मित्रहरू धन्यवादको पात्र भएको बताउनुभयो । अध्यक्ष पाण्डेले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा पनि देशभरका निर्माण व्यवसायीहरूबाट रु