काठमाडौं । नेपालमा भित्रिने रेमिट्यान्स सेवालाई सहज, सरल र विश्वसनीय बनाउने उद्देश्यले माछापुच्छ्रे बैंकले युनाइटेड रेमिटसँग सम्झौता गरेको छ। सम्झौताअनुसार बेलायत, जापान, दक्षिण कोरियालगायत विश्वका विभिन्न देशबाट मनीग्राम र टीएमएल रेमिट्यान्समार्फत नेपाल पठाइएको रकम माछापुच्छ्रे बैंकका १५६ वटा शाखा, शाखारहित बैंकिङ सेवा तथा एक्सटेन्सन काउन्टरमार्फत प्राप्त गर्न सकिनेछ। विदेशमा रहेका नेपालीले पठाएको रकम देशभर सहज रूपमा भुक्तानी लिन सक्ने व्यवस्था मिलाउने लक्ष्यसहित बैंकले युनाइटेड रेमिटसँग सहकार्य गर्दै आफ्नो रेमिट्यान्स सेवा विस्तार गरेको हो। सम्झौतापत्रमा युनाइटेड रेमिटका तर्फबाट सहायक महाप्रबन्धक सुदनसिंह सिलवाल र माछापुच्छ्रे बैंकका तर्फबाट डिजिटल बैंकिङ प्रमुख माधव सुवेदीले हस्ताक्षर गरेका छन्। यस ... The post माछापुच्छ्रे बैंक र युनाइटेड रेमिटबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता appeared first on Kalika Khabar.