ओखलढुंगा : दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कोशी प्रदेश स्तरीय छनोटका लागि ओखलढुङ्गा जिल्लाबाट विभिन्न १६ खेल विधाका १६७ जना खेलाडीहरू छनोट भएका छन् ।जिल्ला खेलकुद विकास समिति, ओखलढुङ्गाको आयोजनामा सिद्धिचरण नगरपालिका–१२ स्थित खेल मैदानमा असोज २५ देखि २७ गतेसम्म सञ्चालन भएको जिल्ला स्तरीय छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू छनोट परेका हुन् । शुक्रबार सार्वजनिक विवरण अनुसार सबैभन्दा बढी फुटबल विधामा ३२ जना (१६ पुरुष र १६ महिला) र एथलेटिक्समा ३१ जना