काठमाडौं : यस वर्षको दशैँका बेला प्रायः देशका सबै ठाउँको मौसम सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाले जारी गरेको साप्ताहिक मौसम पूर्वानुमान अनुसार देशका केही भू–भागमा सामान्य वर्षाबाहेक मौसम सफा रहनेछ।फूलपातीका दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा सामान्यतया बादल लाग्नेछ भने देशका अन्य हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने सम्भावना छ। मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतः