काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)लाई आइसीसीले आधिकारिक मान्यता प्रदान गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आइसीसीले एनपीएललाई मान्यता दिएको हो।नेपाल प्रिमियर लिगको सामाजिक सञ्जालमा भनिएको छ, 'सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगलाई आइसीसीले आधिकारिक रूपमा मान्यता दिएको छ। एउटा नयाँ अध्याय। अझ ठूलो मञ्च। नेपालका लागि गर्वको क्षण। यो एउटा लिगभन्दा धेरै माथिको कुरा हो। यो नेपाली क्रिकेटको अघि बढ्ने पाइला हो।'यससँगै आइसीसीको एसिया सम्मेलन पनि नेपालमा हुने भएको छ। क्यानका अनुसार मंसि