परराष्ट्रमन्त्री खनालसँग सार्क महासचिव सरवारको बिदाइ भेट

  • शुक्रबार​ ३० असो २०८३ १२:२९ PM
काठमाण्डु – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) महासचिव मोहम्मद गोलम सरवारले परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेट गरेका छन् । मन्त्रालयमा शुक्रबार भएको भेटमा सार्कको महत्त्व तथा क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । त्यसअवसरमा जलवायु परिवर्तन र विपद् प्रतिकार्य लगायतका क्षेत्रमा क्षेत्रीय सहयोग अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो