राष्ट्रपति पौडेलबाट विधेयक प्रमाणीकरण

  • शुक्रबार​ ३० असो २०८३ १२:५० PM
काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् । संघीय संसद्ले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरेको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम शुक्रबार उनले प्रमाणीकरण गरेका हुन् ।