काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) महासचिव मोहम्मद गोलम सरवारले शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा बिदाइ भेट गरेका छन् । महासचिव सरवार आफ्नो ३ वर्षे कार्यकाल पूरा गरी निकट भविष्यमा स्वदेश फर्किँदैछन् । उनी बंगलादेशका कूटनीतिज्ञ हुन् ।