म्युचुअल फण्डमा नयाँ लगानीका ढोका खोल्दै धितोपत्र बोर्ड

  • शुक्रबार​ ३० असो २०८३ १२:४३ PM
नेपाल धितोपत्र बोडले म्युचुअल फण्डमा नयाँ लगानीका ढोका खोल्ने तयारी अघि बढाएको छ । सर्वसाधारणको बचतलाई पुँजी बजारमार्फत उत्पादनशील क्षेत्रमा परिचालन गर्ने र सामूहिक लगानी कोषलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित धितोपत्र बोर्डले सामूहिक लगानी कोष नीति, २०८३ को मस्यौदा अघि सारेको हो । बोर्डले तयार पारेको प्रस्तावित नीतिले लगानीका नयाँ विकल्प विस्तार गर्नेदेखि कोष व्यवस्थापकको