नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) मा निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रविधि प्रयोगमा ल्याउने तयारी गरेको छ । क्यानका सचिव पारस खड्काकाअनुसार यस अत्याधुनिक प्रविधिलाई प्रतियोगितामा समावेश गर्न करिव डेढदेखि दुई करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यस विषयमा आगामी तीन दिनभित्र औपचारिक घोषणा गरिने खड्काले बताए