प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन : परराष्ट्र मन्त्रालय

  • शुक्रबार​ ३० असो २०८३ ११:३३ AM
काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को भारत भ्रमणको मिति तय नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले शुक्रबार पत्रकारसँग गरेको कुराकानीका क्रममा परराष्ट्र सचिव अमृतबहादुर राईले प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति तय भएको स्पष्ट पारे । उनले भने, ‘भ्रमणको मिति दुवै देशका उपयुक्त हुने समयमा निर्धारण हुनेछ, हालसम्म मिति तय भइसकेको छैन ।’