काठमाडौं । यस वर्षको दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दसैँ अवधिमा देशका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ । महाशाखाले शुक्रबार असोज ३० गते दसैँ विशेष मौसम बुलेटिन जारी गर्दै नेपालबाट मनसुन बाहिरिसकेकाले दसैँभर पश्चिमी वायुको आंशिक प्रभाव रहने जनाएको हो ।