अहिले हाम्रो नेपाली समाज एउटा अनौठो र डरलाग्दो बाटोतिर गइरहेको छ । कसैको व्यक्तिगत गोपनीयता के हो, कानुनी राज्यको मर्यादा कस्तो हुनुपर्छ र एउटा व्यक्तिले गल्ती नै गरेको अवस्थामा पनि उसलाई सजाय दिने आधिकारिक निकाय कुन हो भन्ने कुरा समाजले बिर्सिँदै गएको भान हुन्छ । नेपालको संविधान र फौजदारी न्यायको सर्वमान्य सिद्धान्तले स्पष्ट रूपमा भन्छ