काठमाडौं । बजाज पल्सरले नेपाल प्रिमियर लिग (एनपिएल) सँगको साझेदारी विस्तार गर्दै आगामी तीन सिजनका लागि सह प्रायोजकको सम्झौता गरेको छ। सम्झौताअनुसार बजाज पल्सर एनपिएलको तेस्रो, चौथो र पाँचौँ सिजनमा सह प्रायोजकका रूपमा रहनेछ। यसअघि दोस्रो सिजनमा बजाज पल्सर प्रतियोगिताको आधिकारिक दुईपाङ्ग्रे सवारीसाधन साझेदारका रूपमा आबद्ध थियो। कम्पनीका अनुसार तीन सिजनसम्म रहने यस सहकार्यले नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउनुका साथै खेलाडी, समर्थक र नयाँ पुस्ताका क्रिकेटप्रेमीसँगको सम्बन्ध थप सुदृढ बनाउनेछ। नेपाली क्रिकेटको बढ्दो लोकप्रियतासँगै खेलप्रतिको उत्साह र प्रतिस्पर्धात्मक भावनालाई प्रोत्साहन गर्ने लक्ष्य पनि साझेदारीले लिएको छ। बजाज पल्सरले शक्ति, उत्कृष्ट प्रदर्शन, महत्त्वाकांक्षा र ... The post बजाज पल्सर एनपिएलको आगामी तीन सिजनको सह प्रायोजक appeared first on Kalika Khabar.