अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले गत आर्थिक वर्ष २०८२/८३ मा सिमेन्ट उद्योगबाट ३० लाख र खानी रोयल्टीबाट १ करोड १७ लाख आम्दानी भएको जनाएको छ। नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सिमेन्ट उद्योगबाट प्राप्त स्थानीय विकास शुल्क र खानी तथा खनिजसम्बन्धी रोयल्टी फरक–फरक शीर्षकमा आम्दानीका रूपमा प्राप्त हुने स्पष्ट पारेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा भूगर्भ सिमेन्ट उद्योगबाट नगरपालिकाले ३० लाख १८ हजार रुपैयाँ स्थानीय विक