जनकपुरधाम । मधेस प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का चार मन्त्रीले राजीनामा दिएका छन् । एमाले संसदीय दलको निर्देशनअनुसार श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समीर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले शुक्रबार राजीनामा दिएका हुन् । चारै जना मन्त्रीले मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा पत्र बुझाएको एमालेका प्रमुख सचेतक