काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा कानुनी शासनको कुन हदसम्म उपहास हुन्छ भनेर बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पससँग सम्बन्धित एउटा घटनाबाट स्पष्ट हुन्छ । क्याम्पस प्रमुख जया लक्ष्मी प्रधानले अदालतको आदेश, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय र त्रिविकै कार्यकारी परिषद्को निर्णय लत्याउँदा समेत उन्मुक्ति पाइरहेको पाइएको छ । एउटा शैक्षिक संस्थामा उनले हुर्काएको यो हदसम्मको दण्डहीनतालाई