काठमाडौं । अमेरिकाको ओरेगन राज्यस्थित एक प्राथमिक विद्यालयमा १६ वर्षीय किशोरले गोली चलाउँदा तीन बालबालिका र एक शिक्षिकाको मृत्यु भएको छ । बिहीबार दिउँसो बेन्ड सहरस्थित सिल्भर रेल प्राथमिक विद्यालयमा गोली चलेको हो । घटनामा सात वर्षीय एक बालक र ५४ वर्षीया शिक्षिका गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको