काठमाडौँ महानगरपालिकाबाट बाइक एम्बुलेन्स सुरु : जोखिममा रहेको बिरामी भएका ठाउँमा छिट्टो पुग्ने लक्ष्य

  • शुक्रबार​ ३० असो २०८३ ०४:५३ PM
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स प्रयोगमा ल्याएको छ । यी एम्बुलेन्स सञ्चालन गर्न नेपाल एम्बुलेन्स सेवालाई हस्तान्तरण गर्दै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, काठमाडौँ प्लाजाबाट सेवा प्रारम्भ गर्नुभएको हो ।  ‘एम्बुलेन्स भन्ने वित्तिकै बिरामी बोकेर अस्पताल जाने सवारी साधन सोचिन्छ । तर, हामीले जोखिममा रहेका बिरामी भएका ठाउँमा आकस्मिक स्वास्थ्य सेवाको तालिम प्राप्त स्वास्थ्यकर्मीलाई पुर्‍याउन यो सेवा थालेका हौँ ।’ एम्बुलेन्स हस्तान्तरण अवसरमा बोल्दै कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, ‘ट्राफिक जाम भएका कारण सोचेको समयमा, अपेक्षा गरेको समयमा ४ पाङ्ग्रे एम्बुलेन्स नपुग्न सक्छन् । यस्तो अवस्थामा गोल्डेन आवर (जीवन बचाउन आवश्यक पर्ने एक दुई मिनेटको समय)’ मा रहेका व्यक्तिको जीवन बचाउन दक्ष जनशक्ति बिरामी भएका ठाउँमा छिट्टो पु¥याउन यसप्रकारको सेवा थालेका हौँ ।’  एम्बलेन्स पुग्नुअघि बिरामीको प्राथमिक उपचार गर्नु, अवस्थालाई थप बिग्रिन नदिनु एम्बुलेन्समा जाने इएमटी (इमर्जेन्सी मेडिकल टीम) को काम हुनेछ । विरामीलाई यति गर्दा गर्दै एम्बुलेन्स आउनेछ । त्यसपछि थप उपचारका लागि अस्पताल लगिनेछ ।  यो एम्बुलेन्सको विकल्प होइन । यसले बिरामी बोक्ने पनि होइन । तर, बिरामीको जीवन बचाउने स्वास्थ्यकर्मीलाई घटना स्थल वा विरामी भएको स्थलमा पुग्न छिटो साधन हो । डंगोलले, बाइक एम्बुलेन्स सञ्चालनमा आएपछि घरमै वा घटना स्थलमै हुने मृत्युको दर घटाउन मद्दत पुग्ने अपेक्षा गर्नुभयो ।  बाइक एम्बुलेन्ससँग ‘रेड ब्याग’ हुनेछ । रेड ब्याग भनेको, प्राथमिक तथा आकस्मिक स्वास्थ्य सेवाका लागि आवश्यक पर्ने सबै खालका एकसरो सामान, साधन तथा उपकरण भएको झोला हो ।  त्यस क्रममा बोल्दै नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष डा