धादिङ : धादिङको बेनीघाट रोराङ गाउँपालिका–३, सलाङघाटस्थित पृथ्वी राजमार्गमा हाइस र डिब्बा ट्रक एकआपसमा ठोक्किँदा चालकसहित चार जना घाइते भएका छन्।शुक्रबार दिउँसो करिब १ बजे काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा २ ख ४२४७ नम्बरको यात्रुवाहक हाइस र विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख १६५६ नम्बरको डिब्बा ट्रक ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।दुर्घटनामा हाइस चालक चितवनको भरतपुर महानगरपालिका–१० का ४८ वर्षीय आनन्द सापकोटा, भरतपुर–७ का ५५ वर्षीय बिमबहादुर आले म