काठमाडौं : नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण शनिबार हुने भएको छ । उनको शपथग्रहण शनिबार फूलपातीको दिन दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले जानकारी दिए । उनले गत असोज २३ गते भएको निर्वाचनको मतगणना शुक्रबार बिहान सकिएकाले अब दसैंपछिमात्र शपथको कार्यक्रम गर्ने भनिए पनि सभापतिको शपथ शनिबार गरिने बताएका हुन् । यसअघि भने सबैको शपथ दसैंपछि गर्ने बताइएको थियो । कटुवालले सभापतिको शपथग्रहणमात्र शन