गोरखा : बुढीगण्डकीको बाढीले बगाएको आरुघाटको पुललाई तत्काल सुचारु गर्न धमाधम बेलिब्रिज निर्माण गर्न थालिएको छ। गोरखा र धादिङ जोड्ने सो पुललाई दशैंअघि नै सञ्चालन गर्नेगरी बेलिब्रिजको काम गरिएको गोरखा सडक योजना कार्यालयले जनाएको छ।आरुघाटको मोटरेबल पुल बाढीले बगाएपछि आरुघाट बजार र पृथ्वीराजमार्ग बीच आवागमन अवरुद्ध भएको थियो। पुल नभएर सवारी साधन नचल्दा दशैंका बेला उत्तरी गोरखा आउजाउ प्रभावित बनेको थियो। गोरखा सडक योजना कार्यालय र नेपाली सेनाले पुल निर्माणको काम गरेका हुन्। ‘आजसम्म हामी पुल