सिन्धुलीमा यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

  • शुक्रबार​ ३० असो २०८३ ०४:०० PM
सिन्धुली : बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७, खुर्कोटमा काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बस दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता विजय श्रेष्ठका अनुसार शुक्रबार दिउँसो बा.प्र. ०३–००१ ख २७७४ नम्बरको बस होटलमा खाना खाएपछि यात्रु चढाएर ब्याक गर्ने क्रममा पछाडिको चक्का अचानक नालामा खसी सडकबाट करिब १० मिटर तल खसेको हो।घाइतेहरुको खुर्कोटस्थित शुभजीवन अस्पताल र सुनकोशी सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी क