बुढीगण्डकी बाढीबाट अतिप्रभावित स्थानीय तह ३ महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

  • शुक्रबार​ ३० असो २०८३ ०९:४९ AM
काठमाण्डु – सरकारले बुढीगण्डकी नदीमा आएको बाढीबाट अतिप्रभावित स्थानीय तहलाई ३ महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को अध्यक्षतामा शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले गोरखाको चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरूघाट गाउँपालिका तथा धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर १ र २ लाई