काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) मा निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रविधि प्रयोगमा ल्याउने तयारी गरेको छ । क्यानका सचिव पारस खड्काका अनुसार एनपीएलमा डीआरएस प्रविधि जडान गर्न करिब डेढदेखि दुई करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यसबारे आगामी तीन दिनभित्र औपचारिक घोषणा गरिने उनले बताएका छन्