गगनलाई अर्जुननरसिंह केसीको सुझाव– ‘गुटबन्दी चिरेर सबैलाई समेट्नुस्’

  • शुक्रबार​ ३० असो २०८३ ०९:३७ AM
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्दै आन्तरिक लोकतन्त्र र सामूहिक नेतृत्वलाई सुदृढ बनाउन नवनिर्वाचित नेतृत्वलाई आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शुभकामना दिँदै केसीले कांग्रेसको महाधिवेशन सांगठनिक र वैधानिक दायित्व पूरा गर्ने माध्यम मात्रै नभई आन्तरिक लोकतन्त्रको सुदृढीकरण, नीतिगत पुनरावलोकन र भावी मार्गचित्र तय गर्ने