चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

  • शुक्रबार​ ३० असो २०८३ ०९:५७ AM
काठमाडौं । चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा कुल ४१८ सिट वृद्धि गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले शैक्षिक सत्र २०८३/८४ का लागि कुल ९ हजार ६९१ सिट निर्धारण गर्दै सो निर्णय गरेको हो । यो संख्या गत वर्षभन्दा ४१८ ले बढी