काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । शुक्रबार काठमाडौं महानगरपालिकाको अनुदान तथा सहकार्यमा सञ्चालित स्वास्थ्य संस्थाहरूको प्रस्तुतीकरण कार्यक्रममा बोल्दै महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बाइक एम्बुलेन्स सेवा सुरु गरिएको जानकारी दिएकी हुन् । उनका अनुसार अब १०२ नम्बरमा फोन गरी एम्बुलेन्स माग गर्ने सेवाग्राहीको आवश्यकताअनुसार बाइक एम्बुलेन्ससमेत परिचालन गरिनेछ ।