काठमाडौं । कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएका छन् । शुक्रबार कलाकार पन्तले नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो, भोटाहिटी, काठमाडौंमा पुगेर श्रेष्ठविरुद्ध कारबाहीको माग गर्दै औपचारिक उजुरी दर्ता गराएका हुन् । उजुरी निवेदनमा उल्लेख भएअनुसार, २०८३ असोज २९ गते अनलाइन मिडिया ‘जनआस्था’ तथा सोही सञ्चारमाध्यमका सम्पादक किशोर श्रेष्ठको आधिकारिक फेसबुक प्रोफाइलमार्फत आफ्नो चरित्रहत्या हुने गरी सामग्री सम्प्रेषण गरिएको पन्तको आरोप छ । उक्त अनलाइन तथा फेसबुक पेजबाट ‘कलाकार हिमेश, अरुको जग्गा हडप्नले कस्तो कानुन सिकाउने