काठमाडौं : न्यूजिल्याण्डमा रहेका नेपालीहरूको संस्था न्यूजिल्याण्ड नेपाल सोसाइटी इन्कर्पोरेटेडले भोटेकोशी–रसुवा बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि ८१ हजार ५१७ अमेरिकी डलर १५ सेन्ट अर्थात् नेपाली रुपैयाँ १ करोड २६ लाख ८५५ रुपैयाँ ८३ पैसा बराबरको सहयोग प्रदान गरेको छ। उक्त रकम प्रतिनिधिसभा सदस्य डा. राम लामाको समन्वयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय खड्कराज पौडेलमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको हो।सहयोग हस्तान्तरणका