सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, क्विन्टलको कति ?

  • शुक्रबार​ ३० असो २०८३ ०३:०१ PM
काठमाडौं : सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद‍् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य  ४ हजार १ सय ७ रुपैयाँ प्रतिक्विन्टल तोक्ने निर्णय गरेको हो।बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनाले सो विषयमा जानकारी गराएका हुन्।