धार्चे र चुमनुब्रीका तीन हजार घरधुरीलाई तत्काल खाद्यान्न उपलब्ध गराउन पालिकाहरुको माग

  • शुक्रबार​ ३० असो २०८३ ०३:०० PM
गोरखा : आफ्ना पालिकाभरका बासिन्दालाई तत्काल खाद्यान्न उपलव्ध गराइदिन धार्चे र चुमनुब्री गाउँपालिकाले अनुरोध गरेको छ । बूढीगण्डकी बाढीले बाटोघाटो, पुलपुलेसा बगाएर नाकाबन्दीमा परेको भन्दै दुई पालिकाका अध्यक्षहरुले अलगअलग विज्ञप्ति जारी गरी तत्काल खाद्यान्न उपलब्ध गराउन नेपाल सरकार र प्रदेश सरकारसंग माग गरेका हुन् ।धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ तथा चुमनुब्रीका अध्यक्ष निमा लामाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै धार्चेका एकहजार र चुमनुब्रीका दुईहजार घरधुरीका लागि खाद्यान्न उपलव्ध गरा