काठमाडौं । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि आवश्यक परे प्रक्रियाअनुसार अनुसन्धान गरेर अघि बढ्ने बताएको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले सांसद सुनारसँग सम्बन्धित विषयमा सरकारले आवश्यक प्रक्रिया अघि बढाउने बताएका हुन् । सांसद सुनारले एक महिलामाथि अश्लील शब्द प्रयोग गर्दै धम्की