चाडपर्वमा राष्ट्र बैंकले बढायो वालेटको सीमा, दैनिक ५० पटकसम्म रकम जम्मा गर्न मिल्ने

  • शुक्रबार​ ३० असो २०८३ ०२:०० PM
काठमाडौं : नेपाल राष्ट्र बैंकले दसैं,तिहार र छठ पर्वलाई लक्षित गर्दै डिजिटल वालेटमा रकम जम्मा गर्न सकिने दैनिक सीमा अस्थायी रूपमा बढाएको छ।राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जारी गरेको सूचना अनुसार अब प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ५० पटकसम्म रकम जम्मा गर्न सकिनेछ। यसअघि यस्तो सीमा दैनिक १० पटकसम्म मात्रै थियो।राष्ट्र बैंकले बडादसैंका अवसरमा असोज ३१ देखि कात्तिक ८ गतेसम्म र तिहार तथा छठ पर्वका अवसरमा कात्तिक २१ देखि २९ गतेसम्मका लागि यो व्यवस्था लागू गरेको जनाएको छ।पर्वका समयमा