संयुक्त राष्ट्रसंघको महासभामा भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले आफ््नो देशको गेलेफु माइन्डफुलनेस सिटीको अवधारणा विश्वसामु प्रस्तुत गरेको प्रसंगले मेरो ध्यान खिच्यो । एउटा सानो हिमाली देशका प्रधानमन्त्री आफ्नो मुलुकको भविष्यसँग जोडिएको परियोजनाको प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय मञ्चमा उभिएका थिए । त्यसलाई केवल कूटनीतिक सम्बोधनका रूपमा होइन, लगानीकर्ता र सम्भावित साझेदारसम्म पुग्ने प्रयासका रूपमा पनि हेर्न सकिन्छ ।