प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमै चुनौती : मुख्यमन्त्री थापा

  • शुक्रबार​ ३० असो २०८३ ०७:५४ AM
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रहरी समायोजन हुन नसक्दा संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनमा चुनौती उत्पन्न भएको बताएका छन् । ७१औँ प्रहरी दिवसका अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयले शुक्रबार हेटौँडामा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले संविधानले प्रदेशलाई दिएको अधिकार र जिम्मेवारी कार्यान्वयनका लागि प्रहरी समायोजन अपरिहार्य रहेको बताए ।